Section 110
प्रतिनिधिको हैसियतमा खटाउन सक्ने
(१) कुनैप्रतिष्ठानले आफ्नो श्रमिकलाई अर्काे प्रतिष्ठानमा
आफ्नो प्रतिनिधिको हैसियतमा काम गर्न पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम खटाइएको अवस्थामा अन्यथा सम्झौता भएकोमा बाहेक
त्यस्तो श्रमिकको सेवा तथा सुविधा सम्बन्धी दायित्व त्यसरी खटाउने प्रतिष्ठानमा नै रहनेछ ।